Showing posts with label nepali literature. Show all posts
Showing posts with label nepali literature. Show all posts

Monday, February 1, 2016

सायद ! मेरो कथा


सायद ! मेरो कथा 

एउटा बाटो हराएर भौतारिरहेको
यात्री
उदेश्य ले जिस्काउदै पर पर भागेको,
एउटा अभागी
ठान्दो हो हरेश खाएर धल्नेछ एक दिन ।
कठै !
"जिन्दगी हो मेरो
तातो छ रगत, धढ्किदै छ मन
यि आँखा ताजै छन्
जित्ने छ संसार फेर्ने छ सास
सलबलाउने छन् यि औंलाहरु
दौडिने छ दिमाग , उम्लने छ रगत
संसार ले हेर्ने छन्"
हो यस्तै भन्दै छ मस्तिस्कको एउटा कुनाले
खै कस्तो छ मेरो गोरेटो? कस्तो छ भविश्य?
सुर्य र चन्द्र दुश्मनै भए, उज्ज्यालो कहिले ?
waiting for your reply..

Friday, March 15, 2013

गजल

नाता तिम्रो मेरो आज मारेर जाँदै छु
प्रेमको यो अनौठो खेल हारेर जाँदै छु।।

सजाइयो सपना  कति बुनियो कल्पना हरु
मनै मनको दरबार आज खारेर जाँदै छु।।

हुर्काएर पनि नाता जोगाउन सकिएन
फुल्ने फुल कोपिलामै झारेर जाँदै छु।।

दोषी तिमी कि म या थियो परिस्थिति
तिम्रै माया तिमीलाईनै सारेर जाँदै छु।।

जबाफ खोज्छ मन यहाँ प्रश्न थरिथरिका
बेजबाफी छु म आफैँलाई टारेर जाँदै छु।।

                                                   - श्रीकृष्ण अधिकारी

Friday, March 8, 2013

गजल

खेल हो जिन्दगी सफल हारेर हुँदैन
ज्ञान र धर्मका कुरा यहाँ पारेर हुँदैन।।

भावनाको कदर होइन पैसाको मूल्य ठुलो
यहि छ कटु-सत्य यथार्त टारेर हुँदैन।।

छेपाराको के कुरा  मान्छे फेर्छन रंग अनेक
दया र करुणा को बिउ यहाँ सारेर हुँदैन।।

जे गरेनी जसो गरेनी चल्छ  यहाँ
कपटी र धुर्त्याईंलाई  बार बारेर हुँदैन।।

चाकरी र चाप्लुसी धेरै मौलएपछी
साहास र मेहनत अब खारेर हुँदैन।।

                                            -   श्रीकृष्ण अधिकारी 

Monday, February 25, 2013

गजल

नयनबाट अश्रुधारा बगे गला भिजिएर।

तिमीले दिएका दुख: पिडा बसे आज मिसिएर।।


शिशिरलाई छेकिदिने  न्यानो माया तिम्रो।

तिर्खै नमेटी बिलिन भो मनै देखि चिसिएर।।


चन्द्रमालाई सजाको थिंए  तिमीलाई दिन्छु भनि।

जाँतो मुनि  धुलो  भई  गयो रहर पिसिएर।।


भिड छोडी एकान्तमा सास फेर्न खोज्दा खेरी।

न्याउली पनि मलाई हेरी गायो  गीत गिजिएर।।


क्यानभासमा झैं रंगाउदै थिए जिन्दगीलाई सजाएर।

बिग्रिई गयो  रंगजति पानाभरी फिजिएर।।


Sunday, February 24, 2013

कविता

भो अब तिमी यँहा चोखो माया नलाइदेउ
किनकि चोखो माया पनि झुठो लाग्न थाल्यो।
पुग्यो अब प्रितका नँया गीत नगाइदेउ
गीत पनि अब नमिठो वाणी लाग्न थाल्यो।।




सक्छौ भने आशाले भरिएका हितका कुरा  नगर
निराशाले यँहा  गहिरो जरो  गाडीसक्यो।
मुटु साट्ने साइनो गास्ने अब प्रयास नगर 
किनकि आघात यो मुटु पहिले नै टुक्रिसक्यो।।


                                           -     श्री कृष्ण अधिकारी

Sunday, February 17, 2013

हाइकु

                                                         हाइकु
नेताहरुको
खेलौना पो भएछ
लोकतन्त्र त।।





गजल

घरि घरि न्याउली चरी विरक्तिदै गायो आज।
भरि भरि नयनाभरी  अश्रुधारा धायो आज।।

रोपेको थिँए पिरतीको बिउ ह्रिदयकुञ्जमा।
सरिसरी हृदयभरी सलहले खायो आज।।

चन्द्रमा साँची राखी खाएको तिम्रै सामु।
थरीथरी गगनभरि बादलुले छायो आज।।

विश्वासको प्रतीकमा बज्रप्रहार भएपनि।
मरीमरी लाशभरी जिउने सास पलायो आज।।

बिगतलाई भुलाएर आँखा मैले खोल्दखेरी।
वरिपरि नयनभरि तिम्रै याद आयो आज।।

                            - श्री कृष्ण अधिकारी।



Monday, December 31, 2012

LITERARY CORNER: गजल

LITERARY CORNER: गजल:
एउटा मुस्कानले धावा बोल्छ यसरि
भोक हराउंछ निद्रा बिथोल्छ यसरि

पर्खाइमा दृस्टी फिँजाउने बानि परेपछि
  नयनले पनि कठै भिड छिचोल्छ यसरि ...

गजल

घरिघरि नयनभरि सपनीमा छाउनु किन
बल्झिएको यो मुटुमा माया फेरि लाउनु किन।।

मलाई छाडी धेरै टाढा लगिसकेपछि पनि
स्नेह र प्रेमको मधुर गीत गाउनु किन।।

मुटुभरी घाउ दिई तड्पाएर गएपछि
मलम बनि मनको बाटो फेरि धाउनु किन।।

निराशाले भरिएको अँध्यारो यो जिन्दगीमा
आशाको दियो बोकी समिप मेरो आउनु किन।।

भुलाउने कोसिस मा छु पलहरु सबै म
अब मैले छाती भित्र  तिमिलाई पाउनु किन।।

Monday, October 29, 2012

गजल

आँखा आँखा जुध्न खोज्दा झस्किने त्यो बानी  मिठो
मुसु मुसु मुस्काउदै मस्किने त्यो बानी मिठो।

बिपनिमा साथ हुँदा लजाएर भाग्ने तिमी
सपनीमा हाजिर भई जिस्किने त्यो बानी मिठो।।

गफगाफलाई मोथिकन प्रेमका कुरा निकाल्न
सामु तिम्रो आउन खोज्दा तर्किने त्यो बानी  मिठो।।

स्नेह र प्रेमलिलाका नया भाका सुनाउंदा
तार्कि तार्कि हिडेर फर्किने त्यो बानी  मिठो।।

गन्तब्य एउटै हो हाम्रो साथ देउ भन्दा
अघि अघि बढेर पर्खिने त्यो बानी मिठो।।

Monday, October 1, 2012

गजल


प्रेमिल मनहरु प्रति समर्पित .....

कस्तो तिम्रो जादुगरी हलचल अनौठो भो 
मुस्काउँदा घरिघरि हलचल अनौठो भो

नजर हुन् कि तिर ति निशाना आचुकको 
नयन हुँदै मुटुभरी हलचल अनौठो भो

शव्दकोष हार्यो आज उपमा भेटिएन 
गांसु लाग्यो पिरती हलचल अनौठो भो


 स्पन्दनले बोल्ने ति प्रेमिल शब्दहरु 
 व्यक्त गरूँ म कसोगरी हलचल अनौठो भो 
                                                                                                                               - "नवोदित "